दफा १३
बोर्डको बैठक
: (१) तोकिएको समय र स्थानमा बोर्डको बैठक बस्नेछ र बोर्डको बैठकको कार्यविधि तोकिए बमोजिम हुनेछ । अध्यक्ष वा निजको अनुपस्थितिमा सो बैठकको निमित्त सञ्चालकहरूले आफूहरू मध्येबाट छानेका सञ्चालकले बोर्डको अध्यक्षता गर्नेछ ।
(२) बोर्डमा तत्काल कायम रहेका सञ्चालकहरूको कुनै संख्याको आधी भन्दा बढी सञ्चालकहरू बैठकमा उपस्थित भएमा समितिको गणपूरक संख्या पुगेको मान्नु पर्दछ र गणपूरक संख्या नपुगेमा सो बैठक स्थगित गरिने छ ।
(३) बोर्डको बैठकमा उपस्थित भै मत दिने सञ्चालकहरूको बहुमतले सबै कुराको निर्णय हुनेछ । मत बराबर भएमा अध्यक्षले वा निजको अनुपस्थितिमा सो बैठकको अध्यक्षता गर्ने सञ्चालकले निर्णय गर्नेछन्।